Logo

प्रमुख समाचार

कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा



नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवा आइतबार भारत गएकी छन् । आरजु फलोअपका लागि नयाँदिल्लीस्थित अस्पताल गएको उनको सचिवालयले जनाएको छ ।

गत साउनमा आरजुको दिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरसम्बन्धी शल्यक्रिया गरिएको थियो । उनले नयाँ दिल्लीमा रहँदा राजनीतिक भेटघाट गर्ने वा नगर्नेबारे जानकारी नभएको आरजुको सचिवालयका एक सदस्यले बताए ।

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  १० : ०२ बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।