Logo

प्रमुख समाचार

सभामुखमा कांग्रेसले उम्मेदवारी दिने, निर्णय गर्न पदाधिकारी बैठक बस्दै



सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । अहिले बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने जनाइएको छ । सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ०८:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।