Logo

प्रमुख समाचार

उम्मेदवार घिमिरेलाई मतदान गर्न माओवादी केन्द्रले ह्वीप




काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न माओवादी केन्द्रले ह्वीप जारी गरेका छन् । प्रमुख सचेतक हितराज पाण्डेले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरिएको जानकारी दिए

प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । तीमध्ये वर्षमान पुन अस्पतालमा उपचाररत छन् । यसैबीच नागरिक उन्मुक्ति पार्टीले पनि सभामुखमा घिमिरेलाई नै मत दिने भएको छ । नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ११:२९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।