Logo

प्रमुख समाचार

राष्ट्रपति पनि एमालेकै हुन्छ : केपी शर्मा ओली



सरकार सञ्चालनको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले राष्ट्रपति एमालेकै हुने बताएका छन् । सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई निर्वाचित गराएर प्रतिनिधि सभाबाट बाहिरिने क्रममा एमालेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले घुमाउरै पारामा राष्ट्रपतिमा एमालेकै हुने पनि प्रस्टाएका छन् । ओलीले भने, ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

सोही क्रममा अध्यक्ष ओलीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ पनि फर्काएका छन् । शर्माले संसद्मा संविधानले नचिन्ने उच्चस्तरीय संयन्त्र बनाएर देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास गरिरहेको बताएका थिए ।

ओलीले कांग्रेसले गत सरकारमा संयन्त्र बनाएर अभ्यास सुरु गरेको र आफुले त्यसलाई निरन्तरता दिएको बताए । ओलीले प्रबन्धभित्र बाँधिनुलाई पिँजडा ठान्ने कुरा अशुभको सङ्केत भएको बताए ।

सत्ता साझेदार दलबीच एमाले नै राष्ट्रपति पाउने सहमति भएको छ । भने प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेस आफुले पाउनुपर्ने सङ्केत दिँदै आएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १८:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।