Logo

अर्थ

नेप्से परिसूचक १०.३७ अंकले बढ्यो




काठमाडौं । आज साताको चौथो दिन सेयर बजार मापक नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक आज १.३० अंकले घटेर ४१४.२४ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । यसदिन ३ अर्ब ४६ करोड ६५ लाखमाथिको कारोबार भएको छ ।

यसदिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ, भने ४६ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १५:३४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।