Logo

अर्थ

नेप्सेले थप दुई निर्जिवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा




काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई निर्जिवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिदिएको हो ।

नेप्सेले सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जान सम्झौता गरेसँगै यी दुई कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो । नेप्सेले आजदेखि यी दुवै कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो । यो सँगै अब यी दुवै कम्पनीको सेयर कारोबार भोलिदेखि नै कारोबारमा आउनेछन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १६:५५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।