Logo

प्रमुख समाचार

घनश्याम भूसाललाई पार्टी महासचिव बनाउने एकीकृत समाजवादीको तयारी



नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले घनश्याम भूसाललाई पार्टी महासचिवको जिम्मेवारी दिने भएको छ ।

हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर हालै पार्टी प्रवेश गरेका नेता भूसाललाई महासचिव बनाउन लागिएको एकीकृत समाजवादीका एक पदाधिकारी बतायका छन । चुनावअघि एमाले त्यागेका भूसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

तर यसको औपचारिक निर्णय भने २१–२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार ०९:२३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।