काठमाडौं । नेपाली बजारमा (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । योसँगै छापावाला प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ३०० रुपैयाँमा झरेको छ ।
हिजो सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३८० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया