काठमाण्डौँ । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया