Logo

अर्थ

नेप्से परिसूचक दोहोरो अंकले घट्यो




काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले घटेको छ । आज नेप्से १५.७४ अंकले घटेर २१११.६३ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.३८ अंकले घटेर ४००.६० बिन्दुमा पुगेको छ । सेयर बजारमा दुई अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ समूहमध्ये १२ सूचक बढेको छ भने १ को मात्रै घट्यो । आज कारोबार भएका कम्पनीमध्ये ५७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार पाँच सय ९४ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १५:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।