प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ । उनीहरुबीचको भेटवार्तामा गृहमन्त्रालय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।
रबि लामिछानेलाई गृहमन्त्रालयमा गैरसांसद्मा नियुक्ति गर्न प्रचण्डलाई केही दिनदेखि लगातार दबाब दिइरहेका अध्यक्ष ओलीको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
लामिछानेको नागरिकतासम्बन्धी अदालतको फैसलाको पूर्णपाठ नआउदाँसम्म गृहमन्त्रीमा कसैलाई नियुक्त नगर्ने बताइरहेका प्रधानमन्त्री प्रचण्ड लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेबाहेक अन्य सांसदलाई पनि गृहमन्त्री बनाउने मुडमा छैनन् ।
यस्तै राष्ट्रपति निर्वाचनमा पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अभिव्यक्ति दिइरहँदा एमाले अध्यक्ष ओली भने पहिलादेखि नै केही रुष्ट बन्दै आएका थिए । पूर्व शर्तअनुरुप एमालेबाट नै राष्ट्रपति पाउनुपर्ने धारणा राखिरहेको एमाले यतिबेला आफ्नै सत्तासाझेदार प्रधानमन्त्रीको दल माओवादीका निर्णयहरुबाट झस्किएको छ ।
ओलीको ठूलो दबाब हुँदापनि लामिछानेलाई गृहमन्त्रीमा नियुक्त नगरेको र राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमती खोज्ने बताइरहेका प्रचण्डमाथि ओलीको अविश्वास सुरु भएको छ । कांग्रेसको सहयोग रहेको र ओलीले असहयोग गरे कांग्रेसबाट राष्ट्रपति बनाएर सरकार चलाउने प्रचण्डको योजना छ ।




















प्रतिक्रिया