Logo

प्रमुख समाचार

नेविसंघमा एकतर्फी नियुक्ति मान्य हुँदैन : शेखर समूह



नेपाली विद्यार्थी संघमा एकतर्फी नियुक्ति गरिएको भन्दै शेखर पक्षका विद्यार्थीले असन्तुष्टि जनाएको छ ।

संघका अध्यक्ष शेर्पाले योगदान र योग्यताका आधारमा नभई आफूखुसी जिल्ला र क्याम्पस कार्यसमिति बनाएको शेखर समूहले बताएको छ ।

नेपाल ल क्याम्पसमा भएको शेखर पक्षका विद्यार्थीहरुको बैठकले गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु बदर गर्न समेत माग गरेको छ ।

विधान विपरीत नियुक्ति बदर गर्न र ती स्थानमा प्रतिनिधि खटाएर अधिवेशन गर्नुपर्ने बैठकले निर्णय गरेको भुवन भट्टले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार २०:५५   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।