Logo

सूचना/प्रविधि

एनएमबि बैंकका ग्राहकलाई सामस मोबाइल एनएमबि खरिद गर्द विशेष छुट



एनएमबि बैंक र आइएमएस बीच एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगा डिलअन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको छ । 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आइएमएसका प्रबन्धक– सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरे ।यसपालीको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस भन्ने उद्देश्यकासाथ आइएमएसले यो अभियान सुरु गरिएको हो । 

एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफरअन्तर्गत ग्राहकले सामसङ मोबाइलको प्रत्येक खरीदमा १०∞ छुट वा रु १,००० सम्म नगद फिर्ता पाउन सक्नेछन् । एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १८:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।