Logo

प्रमुख समाचार

माधव नेपाल र नारायणकाजीबीच छलफलमा यस्तो भयो निर्णय



नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् ।

आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न श्रेष्ठ पुगेका हुन् । सत्तारुढ गठबन्धनमा दरार बढिरहेका बेला श्रेष्ठ नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि बिहीबार माओवादीको बैठक चलिरहँदा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल पेरिसडाँडा पुगेका थिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार १८:४७   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।