Logo

प्रमुख समाचार

एमालेलाई २० ठाँउमा हराउन निर्णयक भूमिका खेलेको नेकपा एसकाे दाबी



प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६५ क्षेत्रमध्ये २० सिटमा नेकपा एमालेलाई हराउन आफू निर्णायक बनेको निष्कर्ष नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले निकालेको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एसले समानुपातिकतर्फ पाएको मतका आधारमा एमालेलाई २० स्थानमा हराउन निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ ।

प्रतिवेदनअनुसार तेह्रथुम १, भोजपुर १, खोटाङ १, मोरङ १, सुनसरी ४, उदयपुर १, रौतहट १ र ४, धादिङ १, काठमाडौं १०, भक्तपुर २, दोलखा, पूर्वी नवलपरासी २, दाङ २, मुगु, दैलेख १ र २, बझाङ, कैलाली ४ र ५ मा नेकपा एसले एमालेलाई पराजित गर्न निर्णयक भूमिका खेलेको हो ।

नेकपा एसले समानुपातिकतर्फ प्राप्त गरेको मत एमालेले नपाई प्रतिस्पर्धीले पाएको हुँदा ती २० क्षेत्रमा एमाले पराजित भएको उल्लेख छ । नेकपा एसले पाएको समानुपातिक मत मात्र एमालेमा गएको भए ती सिटमा एमालेका उम्मेदवार सहजै विजयी हुने अवस्था रहेको प्रतिवेदनमा बताइएको छ । तीमध्ये रौतहट १, दैलेख १ र बझाङमा नेकपा एसका उम्मेदवार विजयी भएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।