Logo

प्रमुख समाचार

रास्वपाले सत्ता छाड्ने निर्णय गरेपछि प्रचण्डले भने – फेरि भेटेर कुरा गर्छु



राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार छाड्ने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेसँग फेरि छलफल गर्ने बताएका छन् ।

प्रतिनिधि सभाबाट फर्कने क्रममा संचारकर्मीसँग उनले भने, ‘फेरि हामी छलफल गर्छौं । मेरो कोसिस त थियो राष्ट्रिय सहमति नै गरिराखौं भन्ने । सत्ता साझेदार एकतालाई बचाउनु पर्छ भन्ने नै हो मेरो ।’

उनले सर्वोच्च अदालतको निर्णयपछि भने रवि लामिछानेसहित रास्वपालाई असहज भएको भन्दै फेरि सहमतिका लागि कुरा गर्ने बताए ।

उनले भने, ‘अदालतको निर्णयपछि पक्कै पनि उहाँहरुलाई अलि असहज त भएकै थियो । अब उहाँसँग फेरि भेटेर कुरा गर्छु ।’

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १८:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।