काठमाडौं । आज (सोमबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै छापावाला सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाका १ हजार ३२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ४५ रुपैयाँले घटेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया