Logo

प्रमुख समाचार

ठगी कार्यमा संलग्न ग्रिनहिल सिटीका सञ्चालक लोहनीलाई काट्यो प्रभु बैंकले पत्र



काठमाडौं । प्रभु बैंकले ठगी कार्यमा संलग्न ग्रिनहिल सिटीका सञ्चालक भेषराज लोहनीलाई पत्र काटेको छ । ग्रिनहिल सिटी हाउजिङका सञ्चालक भेषराज लोहनीलाई प्रभु बैंकले आइतबार पत्र काटेको हो ।

बैंकलाई दिनुपर्ने धितो नदिने भन्ने व्यहोराका मौखिक जानकारी दिएको सम्बन्धमा आफ्नो धारणा स्पष्ट पार्न पुनः पत्राचार गरेको हो ।

ग्रिन हिल सिटीले ललितपुरमा निर्माण गरेको आवास परियोजना अन्तर्गत घर बिक्री गर्दा बैंक र ग्राहकसँग गरेको करार बमोजिम रकम लिई करार बमोजिम घर नामसारी भई बैंकको धितोमा आउनुपर्ने घरजग्गा २०७५ सालदेखि नआएको भन्दै बैंकले सोबारे आफ्नो धारणा स्पष्ट पार्न पत्राचार गरेको हो ।

प्रभु बैंकले आफूसँग करार गरी ग्राहकको नाममा बैंकमा बैंकबाट समेत ऋण लिन लगाई करार बमोजिम ७ दिनभित्रमा घर सम्पूर्ण तयार फिनिसिङ गरी नामसारी गरिदिन्छु भन्ने शर्तनामा राखी गरिएको करार बमोजिम घर नामसारी गर्नुको साटो उल्टै घर नै दिन्न, अर्कैलाई बिक्री गरिसके भन्ने आशय व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १५:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।