Logo

अर्थ

क्यान इन्फोटेक –२०२३ : सीजीको सामान खरिदमा २० प्रतिशत छुट  (भिडियो सहित)



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ को प्रदर्शनीमा सिजि डिजिटलले आकर्षक होम एप्लायन्स्को स्टल संचालनमा ल्याएको छ ।

माघ २४ गतेबाट सुरु भएको इन्फोटेकका स्टलमा सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक घरायसी उपकरण र स्मार्ट घरायसी उपकरण रहेका छन् ।
भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको क्यान मेलाको मुख्य प्रदर्शनीहल भित्र प्रवेश गर्ने वित्तिकै दायाँतर्फ सिजिको विशेष स्टल रहेको छ । उक्त स्टलबाट सिजिले विशेष छुटसहित आफ्ना १३ वटा ब्राण्डका उत्पादनहरुको घरायसी सामान बिक्री गरिरहेको छ ।

प्रमुख सुस्मिता मुश्याखका अनुसार सिजि डिजिटलले आधुनिक किसिमका टेलिभिजनहरु, रेफ्रिजेनेटर, वासिङ मेसिन, ऐअर कन्डिस्नर, माइक्रो वाभ ओभन, डिसवासर, कुकटप, विभिन्न प्रकारका चिम्नी, हिटर, विभिन्न खाले अडियो सिस्टम, बार्बिक्युब, आइरन, हटपटदेखि थर्मससम्मका सामग्रीहरु सर्वसुलभ मूल्यमा बिक्री गरिरहेको छ ।

सीजी डिजिटलले घरायसी सामानहरुमा २० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ । मेलामा भिजिट गर्ने ग्राहकलाई सिजिले फागुन महिनाभर २० प्रतिशत छुट पाउने गरी डिस्काउन्ट कुपन समेत दिइरहेको छ । क्यान इन्फोटेकमा आएर सामान खरिद गर्ने र बुकिङ गर्नेलाई २० प्रतिशत छुट अफर मान्य हुने कम्पनीले जनाएको छ ।

सिजिले एलजी, सिजी, टिसिएल, गोदरेज, सेन्सेई, बेको, केन्ट, एलिका, मेडिया, क्रम्पटन र पिजन ब्राण्डको घरायसी सामानहरुको बिक्री गर्दै आएको छ । कम्पयूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आयोजनामा माघ २४ गतेदेखि भइरहेको ‘क्यान इन्फोटेक’ आगामी माघ २९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार २०:२६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।