Logo

उद्योग

शिवम सिमेन्टको नाफामा गिरावट, अन्य सूचक कस्ता ?



शिवम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले समीक्षा अवधिमा ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा २२.९९ प्रतिशतले कम हो ।

यो अवधिमा कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी भने २७.३७ प्रतिशतले घटेर ३ अर्ब ३४ करोड रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिमा कम्पनीले सिमेन्ट बिक्रीबाट ४ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यो अवधिमा कम्पनीको अन्य आम्दानी बढेर ३२ करोड ३६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १ करोड ३५ लाख रुपैयाँमा सीमित थियो ।

चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ३.९८ बढेर ३ अर्ब ७४ करोड रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिमा रिजर्भमा ३ अर्ब ६० करोड रुपैयाँ थियो ।

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १४.९६ रुपैयाँमा झरेको छ । गत वर्ष यही अवधिमा ईपीएस १९.४२ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ २०६.८५ रुपैयाँ रहेको कम्पनीको तरलता अनुपात १.३७ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार ११:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।