राप्रपाका अध्यक्ष तथा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्र लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लिङदेनले राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको बताएका हुन् ।
उनले भने, ‘आज चौतर्फीरुपमा हाम्रो राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको छ भनेर राजेन्द्र लिङदेनले होइन, ठूला पार्टीका नेताहरुले भन्ने गरेका छन् । नेपालको निर्णायकत्व नेपालीको हातमा छैन भनेर कहिले काहीँ तपाईंले सुन्नुभएको छ । त्यो चिजप्रति खबरदारी गर्न सक्नुपर्छ ।
हामीले यो विद्यार्थी संगठन सशक्तरुपमा अघि बढोस् भन्ने चाहना छ । विद्यार्थीहरुमा राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्छ । यो गुण्डा उत्पादन, हुल्लर अनुशासनहिन उत्पादन गर्ने संगठन होइन, यो देशभक्त उत्पादन गर्ने संगठन गर्ने हो । यो संगठका व्यक्ति एक्लो उभिन तयार छ, देशको बारेमा कसैसँग सम्झौता गर्दैन ।’




















प्रतिक्रिया