Logo

प्रमुख समाचार

राष्ट्रपतिको तामझाम शैली बन्द गरौं : कांग्रेस महामन्त्री थापा



नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरुको सवारीका बेला नागरिकलाई असुविधा नहुने गरी व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालफर्मात थापाले विशिष्ट व्यक्तिकहरुको सुरक्षासम्बन्धी कार्यविधि फेर्नुपर्ने बताए । अहिल्यैदेखि तयारी गरेर नयाँ राष्ट्रपति आउने समयसम्म नयाँअभ्यासको थालनी गर्न उनले आग्रह गरे । ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरी अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ’। थापाले फेसबुकमा लेखेका छन् ।

राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको भन्दै थापाले त्यसो हुनुमा तामझाम शैली कारक भएको औंल्याए । संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने परम्परा र शैली बदल्नुपर्ने उनको भनाइ थियो ।

‘राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो । यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो । संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’, उनले भने ।

थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा फुटपाथमा हिँडिरहेका ट्रमा सेन्टरका चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही गर्न सार्वजनिक रुपमा उठेको माग सरकाले तत्काल सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए । राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको टिप्पणी पनि उनले गरे ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १९:०८   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।