नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धेरै व्यक्तिहरु आफू राष्ट्रपति हुने भएँ भन्दै मख्ख परेर हिंडेको टिप्पणी गरेका छन् ।
शनिबार आयोजित कार्यक्रममा नेपालले राष्ट्रपति हुन्छु भनेर हिंडेकाहरुले ‘सेन्टिफ्ल्याट’ खाने टिप्पणी गरे । ‘हरेक व्यक्तिहरू म राष्ट्रपति हुने भएँ भनेर दंग परेका छन् । दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालें भन्ने भइराखेको छ’, उनले भने, ‘कसकसले सेन्टिफ्ल्याट खाने हो थाहा छैन ।’
नेता नेपालले आफ्नो दलको भूमिका राष्ट्रपति चयनसहित राष्ट्रिय राजनीतिका कतिपय एजेण्डामा निर्णायक हुने दाबी गरे ।




















प्रतिक्रिया