Logo

प्रमुख समाचार

म राष्ट्रपति हुने भएँ भनेर हंडेका मान्छेहरुले ‘सेन्टिफ्ल्याट’ खानेवाला छन् : नेपाल



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धेरै व्यक्तिहरु आफू राष्ट्रपति हुने भएँ भन्दै मख्ख परेर हिंडेको टिप्पणी गरेका छन् ।

शनिबार आयोजित कार्यक्रममा नेपालले राष्ट्रपति हुन्छु भनेर हिंडेकाहरुले ‘सेन्टिफ्ल्याट’ खाने टिप्पणी गरे । ‘हरेक व्यक्तिहरू म राष्ट्रपति हुने भएँ भनेर दंग परेका छन् । दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालें भन्ने भइराखेको छ’, उनले भने, ‘कसकसले सेन्टिफ्ल्याट खाने हो थाहा छैन ।’

नेता नेपालले आफ्नो दलको भूमिका राष्ट्रपति चयनसहित राष्ट्रिय राजनीतिका कतिपय एजेण्डामा निर्णायक हुने दाबी गरे ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार २०:२७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।