Logo

विविध

अण्डा खाँदा भूलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र होला मृगौला ड्यामेज



अण्डालाई प्रोटिनको निकै राम्रो स्रोत मानिने गरिन्छ । अण्डाको सेवन गर्दा निकै फाइदा हुने गर्छ । दिनमा दुई वटा अण्डाको सेवन गर्दा तौल घटनुका साथसाथ रातो रक्त कोशिकामा सुधार पनि आउने गर्छ । तर अण्डा खान नजान्दा त्यसले हाम्रो स्वास्थ्यलाई फाइदा हैन हानी पनि पुर्याउने गर्छ । आज हामी तपाईलाई अण्डाका केही नोक्सानका बारेमा जानकारी दिदैछौँ ।

आउनुहोस् जानौँ के-के छन् अण्डाका नोक्सान ?

अण्डामा एक ब्याक्टेरिया पाइने गर्छ । जसलाई साल्मोनेला भनिन्छ । यो कुखुराबाट आउने गर्छ । यदी तपाईले अण्डालाई हाम्रोसँग नपकाएर खानुभयो भने यो शरीरमा जानसक्छ ।

जसले तपाईको स्वास्थ्यलाई निकै हानी पुर्याउँछ । अण्डालाई राम्रोसँग नपकाएर खाँदा कयौँ समस्या देखिन सक्छन्। जस्तै वान्ता हुनु, छाती दुख्नु वा पेट दुख्नु । त्यस्तै धेरै अण्डा खाँदा पनि स्वास्थ्यलाई नराम्रो असर पर्ने गर्छ । अण्डामा प्रोटिनको मात्रा निकै अधिक हुने गर्छ । त्यस्तैले धेरै अण्डा खाँदा त्यसले मृगौलामा असर गर्ने गर्छ। साथसाथै यसले मृगौला ड्यामेज पनि गराउन सक्छ ।

कयौँ मानिसलाई अण्डाको एलर्जी हुने गर्छ । यस्ता व्यक्तिले अण्डा खानु राम्रो मानिदैन् । यदी तपाईले सिमित मात्रामा अण्डाको सेवन गर्नुभयो भने त्यसले असर गर्दैन् । तपाईले हरेक दिन १ वा २ वटा अण्डा खान सक्नुहुन्छ । यसले शरीरलाई कुनै नोक्सान गर्दैन् । तर त्यो भन्दा धेरै अण्डा एकै पटक सेवन गर्ने गर्नुभएको छ भने सावधान रहनुहोस् । त्यसले तपाईलाई फाइदा हैन हानी पुर्याउन सक्छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १९:२४   :  बजे

780
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।