Logo

अर्थ

बैंकको महंगो ब्याजदर तथा ज्यादतीविरुद्ध व्यवसायीले विरोध प्रदर्शन गर्ने



काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको महंगो ब्याजदर तथा ज्यादतीका कारण व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै यसविरुद्ध विभिन्न ८ व्यावसायिक महासंघले संयुक्त संघर्षका कार्यक्रम गर्ने भएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ, नेपाल मोबाइल व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल, सार्वजनिक यातायात केन्द्रीय महासंघ र होटल व्यवसायी महासंघले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर तथा ज्यादतीपूर्ण कार्यको विरुद्ध संघर्षका कार्य गर्ने भएका हुन् ।

आगामी फागुन ५ गते सबै व्यवसायी जम्मा काठमाडौंको माइतीघर विरुद्ध र्याली निकालेर संसद भवन अगाडि धर्ना दिने भएका हुन् ।

बैंक तथा वित्तीय संस्थाका ज्यादतीले व्यवसायीहरु मर्ने अवस्थामा पुग्दा समेत सरकारले बेवास्ता गरेका कारण संघर्षमा उत्रिन बाध्य भएको संयुक्त संघर्ष मूल समितिका संयोजक नरेश कटुवालले बताए ।

यस्ता छन् मागहरु

१. बैकिङ व्याजदर १ अंकमा कायम गर ।

२. बैकिङ ब्याजदरमा एकरुपता कायम गर ।

३. अवस्था सामान्य नहुन्जेल धितो लिलामी बन्द गर ।

४. सहुलियत कर्जा १५ लाखबाट २५ लाख सम्म कायम गर।

५. बैक तथा वित्तिय क्षेत्रले गर्ने लगानी कम्तीमा ५०५ साना, तथा मझौला व्यवसायीमा गर्नुपर्ने ।

६. व्याज स्प्रेडदर बढीमा २५ कायम गर ।

७. कर्जा सेवा शुल्क ०.२५५ भित्र कायम गर ।

८. ओभर ड्राफ्टलाई सहज र सरलिकरण गराउ ।

९. संकटग्रस्त व्यवसायीको पहिचान गरी आर्थिक राहत प्याकेज प्रदान गर ।

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार १४:२३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।