Logo

अर्थ

नेप्से १६.४० अंकले घट्याे, एक अर्ब ७८ करोड कारोबार



काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले घटेको छ । आज नेप्से १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.७४ अंकले घटेर ४०१.६९ बिन्दुमा पुगेको छ । सेयर बजारमा एक अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये १२ वटा समूहको सेयर मूल्य घटेको छ भने बाँकी १ वटा समूहको सेयर मूल्य बढेको छ । आज कारोबार भएका कम्पनीमध्ये ४५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६२ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ६.१२ प्रतिशतले बढेर प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको हो ।

आज बलेफी हाइड्रोपावर पब्लिक लिमिटेडको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ७ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १५:३२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।