Logo

लोकसेवा

२८ जना उपसचिवको पदस्थापन तथा सरुवा, काे कहाँ ?



२८ जना उपसचिवको पदस्थापन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरूलाई पदस्थापन तथा सरुवा गरेको हो ।

बढुवा नियुक्त भएका उपसचिवहरूमध्ये २५ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, दुई जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको हो ।

स्थानीय तहमा पदस्थापन गरिएका उपसचिवहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम कामकाज गर्न खटाइएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएका दुई जनालाई कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९(९) र अख्तियारमा पठाइएका उपसचिव राम बहादुर तामाङलाई निजामती सेवा ऐन, २०४९ को दफा १५(१) बमोजिम पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १०:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।