काठमाडाैँ । शुक्रबार पनि सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजो सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुज १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया