Logo

प्रमुख समाचार

चितवन–२ को उपनिर्वाचका लागि दल दर्ताकाे आब्हान, फागुन १६ सम्मको समय सिमा



निर्वाचन आयोगले आगामी १० बैशाखमा हुन गईरहेको उपनिर्वाचतका लागि राजनीतिक दल दर्ताका लागि आब्हान गरेको छ ।

प्रतिनिधिसभाका तत्कालिन सांसद रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० बैशाखमा हुन गईरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आब्हान गरेको हो । आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।

‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सबन्धि ऐन २९७३ को दफा ४ बमोजिम संबत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सबन्धी नियमावली, २०७४ को अनुसुची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सुचित गरिन्छ,’ आयोगद्धारा जारी सुचनामा भनिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार ०९:०६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।