Logo

प्रमुख समाचार

माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तीन दलको निर्णय, उपराष्ट्रपति कसलाई ?



बालुवाटारमा आज साँझ बसेको तीन दलको बैठकले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार साँझ राष्ट्रपति निर्वाचनबारे नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच वार्ता भएको हो । वार्तामा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री दाहाल, जसपाका नेता उपेन्द्र यादव र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

स्रोतका अनुसार नेकपा एमालेले राष्ट्रपतिका लागि आवश्यक मतभारमा ‘ब्याकप’ गरेपछि नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रधानमन्त्री दाहाल तयार भएका हुन् ।

बैठकमा सहभागी नेताहरूबीच जसपालाई उपराष्ट्रपति दिने सहमति पनि भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार २२:३०   :  बजे

711
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।