Logo

राजनीति

बालुवाटारमा चार दलका शीर्ष नेताहरुको बैठक जारी



काठमाडौं । पूरानो गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेकाे छ । राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न चार दलका शीर्ष नेताहरुको छलफल भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् । नेताहरु बिहान पनि छलफलमा जुटेका थिए । बिहानको छलफलबाट उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने विषयमा सहमति जुटाएको थियो ।

अहिले जारी बैठकले राष्ट्रपतिका विषयमा पनि निर्णयमा पुग्ने नेताहरुले दाबी गरेका छन् । राष्ट्रपति कांग्रेसले पाउनेबारे दलहरु सहमति नजिक पुगेका छन् । कांग्रेसले राष्ट्रपति पाए वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बताएका छन् ।

राष्ट्रपतिका अर्का दाबेदार माधव नेपाललाई भने एक वर्षका लागि प्रधानमन्त्री बनाउनेबारे दलहरुबीच छलफल भएको बताइएको छ ।

  • याे पनि…

प्रधानमन्त्री प्रचण्डसँग साढे दुई घण्टा छलफल गरेर बालुवाटारबाट बाहिरिए ओली

अबको राष्ट्रपति रामचन्द्र पौडेल हुन् : जनार्दन शर्मा

ओलीले भने : एमालेबाटै राष्ट्रपति हुने कुरा पुस १० मै टुंगिएको हो, अरु थाहा छैन

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १८:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।