Logo

प्रमुख समाचार

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार पौडेल कि सिटौला ?



राष्ट्रपतिको निर्वाचन नजिकिदै जादा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को होला भन्नेबारे सर्वत्र चासो बढेको छ। यतिखेर कांग्रेसभित्र आकांक्षी नेताहरूले दौडधुपलाई तिब्रता समेत दिएका छन् । पार्टीबाट उम्मेदवार भए राष्ट्रपति बन्न सकिने भएपछि आकांक्षा राख्ने नेताहरूको संख्यासमेत थपिदै गएको छ ।

राष्ट्रपतिको उम्मेदवार बन्न कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम अग्रस्थानमा छ । नेता कार्यकर्ताको तहमा उनकै नाममाथि चर्चा भइरहेको छ । तर राष्ट्रपतिको निर्वाचन नजिकिँदासम्म भने आकांक्षीहरू बढिरहेका छन् ।

अर्का नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिका लागि लबिङ गरिरहेका छन् भने नेताहरू मानबहादुर विश्वकर्मा र गोपालमान श्रेष्ठले पनि आकांक्षा देखाएका छन् । केही नेताहरूले भने सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बन्न समेत प्रस्ताव गरेका छन् । तर, देउवा आफैँले भने अहिलेसम्म मुख खोलेका छैनन् ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्नेमा हालसम्म वरिष्ठ नेता पौडेल नै सबैभन्दा बलियो स्थानमा छन् । पौडेललाई सभापति देउवाले नै राष्ट्रपतिको उम्मेदवार बनाउने वचन दिइसकेका छन् भने आफ्नो नाममा अन्तरदलीय सहमति र दबाब बनाउन पौडेलको अथक मिहेनत छ ।

संसद्‍बाटै संवैधानिक पदहरूमा राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता रहेको आह्वान गरेका पौडेलले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बन्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि विपक्षमा रहेका दललाई समेत आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ०६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।