Logo

प्रमुख समाचार

सरकार जिम्मेवार नहुँदा शून्य समयमा सांसदहरूले धारणा राख्नु र नराख्नुको अर्थ छैन : नेता साउद



नेपाली कांग्रेसका सांसद एनपी साउदले संसद्‌मा उठेका सवालहरूमा सरकार जिम्मेवार नहुँदा संसद्को गरिमामाथि प्रश्न उठेको बताएका छन् । उनले संसद्को शून्य समयमा उठेका सवालहरूमा समेत सरकारका मन्त्रीहरू जवाफदेही हुनुपर्ने र त्यो नै संसदीय अभ्यासको गरिमा भएको दाबी गरे ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद साउदले मन्त्रीहरूले संसद्‌मा उठेका विषयहरूको जवाफ नदिँदा शून्य समयमा सांसदहरूले धारणा राख्नु र नराख्नुको अर्थ नभएको बताए ।

‘संसदीय अभ्यासमा शून्य समयको ठूलो महत्त्वछ। एक मिनेटमै भए पनि जनताका प्रतिनिधिले जनताका समस्या उजागर गरिएको कुरा हो,’ साउदले भने, ‘तर यसको बारेमा सरकारका मन्त्रीहरूले आएर जवाफ दिने नगर्नु भएको हुनाले यसको गरिमा घटेको छ।’

उनले प्रजातन्त्रमा सुशासन र जवाफदेहितको महत्त्व हुने जिकीर गर्दै संसद्‌ले मन्त्री र सरकारलाई रुलिङ गरेर जवाफ दिने प्रबन्ध गर्नुपर्नेमा पनि जोड दिए।

‘प्रजातन्त्रमा सुशासन र जवाफदेहिताको महत्त्व हुन्छ,’ नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद साउदले भने, ‘मन्त्रीहरूलाई, सरकारलाई स्पष्ट रुपमा रुलिङ गरेर यहाँ आएर जवाफ दिने प्रबन्ध गरियोस् ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ०८:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।