Logo

गण्डकी प्रदेश

संक्रमित प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी जसले ‘मृत्युलाई जिते’



कोरोना संक्रमण भई भेरी अस्पतालमा उपचाररत रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीको स्वास्थ्य अवस्था सुधारोन्मूख रहेको छ । उपचारत चौधरीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिदै केही दिनमै पुर्ण रुपमा निको भई अस्पतालबाट डिष्चार्ज हुने जानकारी दिनुभएको छ ।

उपचारमा सलग्न चिकित्सकलाई उदृत गर्दै उहाँलेआफू ९५ प्रतिशत निको भइसकेको बताउनुभयो । सार्वजनिक लेखा समितिका सभापति समेत रहनुभएका चौधरीले भन्नुभयो, ‘मैले मृत्युलाई जिते ।’

स्वास प्रश्वास, रुघाखोकी र ज्वरो आए पछि दाङमा कोरोना जाँच गराउँदा नेगेटिभ रिपोर्ट आएपछि उहाँलाई टाइफाइडको आशंकामा उपचार थालिएको थियो । तर, निको हुनुको साटो स्वास्थ्य समस्या झनै बढ्दै गएपछि थप उपचारका लागि उहालाई भेरी अस्पताल पुर्याएको थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १४ दिन आइसोलेसनमा बस्नु पर्ने भएकोले मात्र अस्पतालमा बस्नु परेको बताउनुका पुर्ब राज्यमन्त्री चौधरीले डिस्चार्ज भएर जनताको सेवामा चडै फर्किने बताउनुभएको छ । साथै, उहाँले आइसोलेसनबाट सवैलाई बिजयादशमी, दिपावली , छठ लगायतका पर्वको लागि सबैमा शुभकामना समेत दिनुभएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १०:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।