राष्ट्रपति निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस, नेकपा माओवादी सहितका ८ दलले कार्यदल गठन गरेको छ ।
कार्यदलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का , माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् ।
जनमत पार्टीका नेता तथा मन्त्री अब्दुल खाँले कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन आआफ्नो पार्टीको जिम्मा लिनु पर्ने बताएका छन् ।
फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि उम्मेदवारी दिएका छन् । यस अघि फागुन १२ गते साँझ ८ दलले नेपाली काग्रेसका नेतालाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको चुनावमा कस्लाई सर्मथन गर्ने भन्ने बारेमा अझै निर्णय सार्वजनिक गरेका छैन ।
८ दलको मोर्चा बनेपछि सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरी सकेको छ भने राष्ट्रिय स्वतन्त्र पाटी यस अघि नै सरकारबाट बाहिरी सकेको थियो। यद्यपी यी दुवै दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको सर्मथन भने फिर्ता लिएका छैनन् ।




















प्रतिक्रिया