Logo

अर्थ

२६.४८ अंकले घट्याे सेयर बजार



काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज २६.४८ अंकले घटेर १९६९.०१ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.८१ अंकले घटेर ३७३.५६ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५६ कम्पनीको ३७ लाख ५७ हजार १५४ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ३३ करोड ६३ लाखमाथिको कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहको सेयर मूल्यमा राताम्मे भएका छन् । आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १९४ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाकाे सेयर मूल्यमा सबैभन्दा बढी वृद्धि रहेका छन् । यसको सेयरमूल्य ४ प्रतिशत भन्दा बढिले बढेको छ ।

तेस्तै, आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको  सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ७  प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यसको आज ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ३ : ३५ बजे