Logo

प्रमुख समाचार

माधव नेपालको जवाफले सुवास नेम्बाङ निरास !



नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का उपाध्यक्ष तथा भावी राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई निरास हुने जवाफ दिएर पठाएका छन् । आगामी राष्ट्रपतिको लागि आफूलाई मत दिएर जिताउन आग्रह गर्दै नेपाललाई भेट्न पुगेका नेम्बाङलाई नेपालले यस पटक एमालेमा उम्मेदवारलाई मत दिन नसकिने जवाफ दिएका हुन् ।

नेम्बाङसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्यालले संगुक्त रुपमा नेपाललाई भेटेका थिए ।

एकीकृत समाजवादीबाट अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलमा सहभागी थिए ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार रामचन्द्र पौडेल र एमालेका नेम्बाङङ राष्ट्रपतिको लागि सहयोग माग्न तीव्र भेटघाटमा छन् ।

एकीकृत समाजवादीले बुधवार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ । नेपालले सोही कुराको जानकारी गराएर नेम्बाङलाइ्र्र पठाएका छन् ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ४ : ०८ बजे

777
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।