काठमाडाैँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा तिर्दिन भन्नु गलत भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकको ब्याजदर,लघुवित्तको संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका हुन् ।
मिश्रले भने, ‘त्यसैले बैंक वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भनि कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन दिनुहुँदैन ।’ व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाई कालोमोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गरे ।
बैंक वित्तीय संस्थाबाट कर्जा लिनेहरुले कर्जा दिन्नभन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुने डेपुटी गभर्नर मिश्रको भनाइ छ । बैंक वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नेहरुलाई कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन दिन नहुने जनाए ।
पछिल्लो समय लघुवित्त, ब्याजका विषय, बैंकको ऋण र लघुवित्तको ऋण तिर्न नसकेर आत्महत्या गर्ने कुराहरुमा नेपाल राष्ट्र बैंक जानकार रहेको उनले बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवसायीहरुले कर्जा दिन ढिला हुने, ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरिरहेको जानकारी दिए ।
व्यवसायीहरुको सम्पत्ति बैंकहरुले लिलामी गर्न रोक्नेलगायत विषयमा ऋणीहरुलाई बुझाउँदै आएको उनले जनाए । उनले बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउनेबित्तिकै राष्ट्र बैंकमा गुनासो गरे तत्काल कारबाही गर्ने प्रतिबद्धता जनाए ।




















प्रतिक्रिया