Logo

प्रमुख समाचार

भीम रावल माधव नेपालको पार्टीमा प्रवेश गर्ने च्याप्टर क्लोज !



पछिल्लो समय नेकपा (एमाले) छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने चर्चामा रहेका डा. भीमबहादुर रावल एमालेमै सक्रिय हुन थालेका छन् । गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसेपछि निश्क्रिय बसेका रावल आजबाट एमालेमा सक्रिय भएका हुन् ।

यो बीचमा माधव नेपालले भीम रावल आफ्नो दलमा आवद्ध हुन लागेको बताएका थिए । घनश्याम भुषाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेपछि रावलपनि एकीकृत समाजवादीमै प्रवेश गर्ने हल्ला थियो ।

तर, रावल आज (शुक्रबार) गृहजिल्ला अछाममा एमालेको कार्यक्रममा सहभागी भएका छन् । एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भएका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार २१:१८   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।