Logo

प्रमुख समाचार

दुर्गा प्रसाईको कार्यक्रम सफल पार्न गरे कमल थापाले आग्रह



राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रशाईले शनिबार काठमाण्डौंमा गर्न लागेको कार्यक्रम सफल पार्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

शुक्रबार ट्वीटरमार्फत उनले यस्तो आग्रह गरेका हुन । थापाले ट्वीटरमा भनेका छन्– ‘सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र एक्यबद्धता रहने छ ।

फागुन २० गते काठमाण्डुको बानेश्वरमा ‘राष्ट्रियता, धर्म र संस्कृति बचाउने महाअभियान’ द्वारा आयोजित सभा सफल पार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरुलाई आह्वान गर्दछु ।’मेडिकल व्यवसायी समेत रहेका प्रसाईले शनिवार काठमाण्डौंमा कार्यक्रम गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार २२:०२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।