राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रशाईले शनिबार काठमाण्डौंमा गर्न लागेको कार्यक्रम सफल पार्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
शुक्रबार ट्वीटरमार्फत उनले यस्तो आग्रह गरेका हुन । थापाले ट्वीटरमा भनेका छन्– ‘सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र एक्यबद्धता रहने छ ।
फागुन २० गते काठमाण्डुको बानेश्वरमा ‘राष्ट्रियता, धर्म र संस्कृति बचाउने महाअभियान’ द्वारा आयोजित सभा सफल पार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरुलाई आह्वान गर्दछु ।’मेडिकल व्यवसायी समेत रहेका प्रसाईले शनिवार काठमाण्डौंमा कार्यक्रम गर्ने तयारी गरेका छन् ।




















प्रतिक्रिया