Logo

प्रमुख समाचार

अहिलेको सरकारबाट चीनविरुद्ध गद्दारी भएको केपी ओलीको दाबी, प्रचण्डमाथि खनिए



नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार विदेशीलाई रिझाउन लागिपरेको आरोप लगाएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन तोडेको र भागेको पनि आरोप लगाए । उनले अपर मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्ने दिन लागिएको भन्दै विरोध जनाए ।

उनले भने,‘माथिल्लो मुस्ताङ जहाँ मान्छे नै बस्दैनन् त्यहाँ किन विश्वविद्यालय खोल्न खोजियो ? यो चीनविरुद्धको गद्दारीमात्र होइन हाम्रो सार्वभौमसत्ता र स्वाधीनतालाई अश्वीकार गरेको हो । प्रधानमन्त्री यो देशलाई विदेशीहरुको खेल मैदान बनाउँन खोज्दैछन्, त्यहाँको युरेनियममा ध्यान दिइएको हो ।” ओलीले मुस्ताङमा ०३१ सालमा भन्दा ठूलो स्केलमा विदेशी हस्तक्षेप बढाउन खोजिएको पनि स्मरण गराए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार ०९:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।