नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा नौदलीय गठबन्धनको तर्फबाट उमेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यधिक मतले जित्ने दाबी गरेका छन् ।
मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको नौदलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले आजको बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताए ।
राष्ट्रपति निर्वाचनको व्यवस्थापनसम्बन्धी छलफल भएको उनले बताए । उनले गठबन्धनकै बलमा आगामी दिनमा नौदलीय गठबन्धनलाई व्यापक र बिस्तार गर्दै जाने बताए ।
“नौ दलको तर्फबाट एउटा संयन्त्र बनाएका छौँ । त्यही समितिको बैठक बस्यौँ । त्यही व्यवस्थापनसम्बन्धीका बारेमा छलफल गरका छौँ । राष्ट्रपतिको मतदान गराउँदै छौँ,” उनले भने, “गठबन्धन त अघि बढिसक्यो । सबैले सहयोग गरेर अत्यधिक मतले जित्नुहुन्छ । त्यसकै जगमा यसलाई बिस्तार र व्यापक गर्दै अघि जान्छौँ । अत्यधिक मतले हामी जित्छौँ ।”




















प्रतिक्रिया