Logo

अर्थ

घट्यो सुनचाँदीकाे मूल्य



काठमाडाैँ । आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५०० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो । यो दिन  छापावाला सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार ११:३८   :  बजे

366
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।