Logo

विचार / ब्लग

‘अरुकाे संघर्षभन्दा मेरो संघर्ष अलि पृथक र व्यापक छ’



हुन त जीवनको परिभाषा आ–आफ्नो भोगाइ अनुसार फरक फरक हुन्छन् । मैले मेरो भोगाइको आधारमा ‘जीवन संघर्ष हो’ भनेँ भने त्यो फरक परिस्थिति र फरक वातावरणमा जीवन भोगेको व्यक्तिका लागि अन्याय हुन जान्छ । तर मेरो जिन्दगीको शब्दकोषमा जीवनको परिभाषा ‘संघर्ष’ नै हो ।

आमाको गर्भमा हुँदादेखि सुरु भएको संघर्ष आजका दिनसम्म पनि जारी छ । जन्मिएपछि खान, हिँड्नडुल गर्न, बोल्न, सिक्न त सबैले गर्ने समान्य संघर्ष हो । यो किसिमको प्राकृतिक संघर्ष त जो कोहीले गर्छन्/गर्नुपर्छ । तर मेरो संघर्ष अलि व्यापक र पृथक छन् । अरुले गर्ने सामानय प्राकृतिक संघर्ष पनिदेखि नै मैले गरेको संघर्ष पृथक छन् ।

पहिलोः जिउनको लागि संघर्ष, त्यसपछि पढाइलेखाइको संघर्ष, हुँदाहुँदा व्यवहारिक एवं पारिवारिक जिम्मेवारी बहन गर्दाको संघर्ष ।

हरेक मानिसले जीवनमा संघर्ष गर्दै अघि बढेको हुन्छ । जीवन भोगाइकै क्रममा मानिसले आफ्नो जीवनलाई संघर्ष र जीवन भोगाइ फरक छ जिउने तरिका फरक छ । जीवन भनेको अनुभवको संगालो पनि हो । जीवन जिउने क्रममा मानिसका जीवन भोगाइ संघर्षका कथा व्यथा र मानिसले लिनुपर्ने उद्देश्य, जीवनको सार्थकता नै संघर्ष हो मेरो परिभाषामा । अरुलाई के लाग्छ कुन्नि ! मलाई भने साँच्चै नै संघर्ष विना जोकोहीको जीवन अपूर्ण हुन्छ ।

बाँचुञ्जेल राम्रो काम गर्नु जरुरी हुन्छ । ताकि भोलिको आउने पुस्तालाई पनि केही प्रेरणा र सफलता मिलोस्, यहाँ हुन त सोचे जस्तो र चाहे जस्तो सजिलो कसैलाई हुँदैन । न त हरेक जीवन माया र दयाले भरिएका हुन्छन् भन्ने पनि छैन । कोही सडकमा जीवन गुजारा गरेका छन् त कोही महलमा । तर मानिस चाहे सडकमा होस् वा महलमा जुनसुकै ठाउँमा भएपनि खुसी हुन भने सिक्नुपर्ने पर्छ । यो मेरो जीवनको भनाइले मलाई दिएको ज्ञान हो । जीवन एकनास पनि छैन ।

सफलता र संघर्ष एकैसाथ हिँड्ने गर्छन् । जीवनमा आउने दुःख, चिन्ता, तनाव र समस्याहरुले मानिसलाई निरन्तर कर्मशील राख्छ भन्ने मेरो बुझाइ हो । त्यसैले जीवनमा परिर्वतनहरुको क्रम जारी राख्न संघर्ष गर्नुपर्छ । कुनै बाटो बन्द भएमा हार नमानी अझै उठ्ने प्रयास गर्दै आफ्नो लागि अझै बचेको छ भन्दै निरन्तर लागिरहनुपर्दो रहेछ ।

जीवनलाई सुन्दर बनाउनका लागि अरु केही गर्ने नपर्ने रहेछ । मनको विकार त्याग गरे पुग्ने त रहेछ ! त्यसैले जुन कुरालाई हामी समस्या देख्छौं, असल मान्छेहरुले त्यहीभित्र अवसर खोज्छन् । जीवन भोगाइका अनेक खण्डमा मेलै सिकेको शिक्षा यही हो । त्यसैले जीवनलाई सुखी, सम्पन्न र सफल बनाउने कारक नै संघर्ष हो । त्यसैले भन्न सकिन्छ, संघर्ष नै जीवन हो । संघर्ष नै सफलता हो । संघर्ष नै जीवनको आधार हो । यही आधारमा टेकेर मानिसले आफ्नो गन्तव्यसम्म सफलतापूर्वक पुग्ने रहेछ ।

प्रकाशित मिति : चैत्र ७, २०७९ मंगलबार  ६ : २६ बजे

441
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।