Logo

अर्थ

तोलामा १२०० ले बढ्याे सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन  प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार ११:३१   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।