काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया