Logo

अर्थ

एक हजारले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा १००० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार ११:२०   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।