काठमाडौं । आज सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा पुगेको छ ।
आज ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६२ अंकले बढेर ३६१.१४ बिन्दुमा पुगेको छ ।
आज २५८ कम्पनीको २५ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । आज ८१ करोड ६२ लाख १९ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कुल १३ उपसमूहमध्ये ५ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ८ वटा समूहको सेयर मूल्य घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये ८७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११४ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १५ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।




















प्रतिक्रिया